धादिङ, २८ कात्तिक ।
लागु औषध मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार अभियुक्त पक्राउ अभियान अन्तर्गत फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङ जिल्ला उर्लाबारी घर भई हाल कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका वडा नं.५ पर्स्याङ स्थित निकिता खाजा घर संचालन गरी बसेको वर्ष ३४ का राम बहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रबक्ता तथा सुचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो । धादिङ जिल्ला अदालतबाट लागु औषध मुद्दामा मिति २०७६ असार २२ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र रु.१५‚०००र(पन्ध्र हजार रुपैया) जरिवाना हुने ठहरीएका भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरी २७ गते जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको खड्काले जानकारी दिनुभयो । भण्डारीलाई २८ गते बिहिबार धादिङ जिल्ला अदालत समक्ष पेश गरी अदालतको आदेशले उक्त कैद भुक्तानको लागी बिहिबारनै कारागार कार्यालय धादिङ चलान गरीएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रबक्ता तथा सुचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो ।
प्रतिकृया लेख्नुहोस्: