प्रमुख समाचार
  • गंगाजमुना गाउँपालिकाको ऐन,कानुन,कार्यबिधि र निर्देशिका राजपत्रमा प्रकाशन
  • हामी जनताको सेवक हौं,जनताको भलो चाहन्छौं ।
  • कस्तो बन्दैछ धादिङको सिद्धलेक ? (फोटो फिचर)
  • डिभिजन वन कार्यालय धादिङको सूचना
  • धादिङ महोत्सवको अन्तिम दिन आज लाइभ कन्सर्ट हुने
  • गजुरीको स्यामैडाडा खानेपानी योजनाको स्थलगत अनुगमन,योजनाबाट ३ सय २६ घर लाभान्वित
  • भ्रष्टाचार न्युनिकरण गर्न आ–आफ्नो आचरण सुधार गरौँ : जि.स.स प्रमुख नेपाल
  • ज्यान मार्ने उद्योगका फरार प्रतिवादी तामाङ २० वर्ष पछि पक्राउ
  • संघियताले सबै जातजात्तिको अधिकार स्थापित गर्छ: भक्ति प्रसाद लामिछाने
  • जरेबगैँचाका महिलाहरुलाई नेतृत्व विकास तालीम, सिकेको ज्ञान सीप व्यवहारमा उतार्ने प्रतिबद्धता
  • हाडनाताकरणी मुद्दाका फरार प्रतिवादी २२ वर्ष पछी पक्राउ
  • जन्म उत्सवमा बालबालिकालाई स्टेशनरी सहयोग
  • लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत छेवाङमा सचेतनामूलक कार्यक्रम
  • गजुरीमा खानेपानी उपभोक्ता समितिलाई खानेपानी सुरक्षा योजना तालिम
  • मानसिक रोगको औषधी उपचारको लागी नीलकण्ठ नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ


    धादिङ, ०३ मंसिर ।
    लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत २ जना महिलालाई मंसिर २ गते पक्राउ गरेको हो । पक्राउ पर्नेमा गल्छी गा.पा.७ का वर्ष ५० की सरिता भन्ने दूर्गा तामाङ र वर्ष ३२ की गंगा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । जिल्ला अदालतबाट २०७५ असोज ०९ गतेको फैसलाले सरिता भन्ने दूर्गा तामाङलाई १ वर्ष कैद र ५००० जरिवाना र गंगा श्रेष्ठलाई १ वर्ष ६ महिना कैद र रु.१०‚००० जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो ।उनीहरुलाई मंगलबार धादिङ जिल्ला अदालत समक्ष पेश गरी तोकिएको कैद भुक्तानको लागी आजै कारागार कार्यालय धादिङ चलान गरिएको खड्काले जानकारी दिनुभयो।