प्रमुख समाचार
  • गंगाजमुना गाउँपालिकाको ऐन,कानुन,कार्यबिधि र निर्देशिका राजपत्रमा प्रकाशन
  • हामी जनताको सेवक हौं,जनताको भलो चाहन्छौं ।
  • कस्तो बन्दैछ धादिङको सिद्धलेक ? (फोटो फिचर)
  • डिभिजन वन कार्यालय धादिङको सूचना
  • धादिङ महोत्सवको अन्तिम दिन आज लाइभ कन्सर्ट हुने
  • गजुरीको स्यामैडाडा खानेपानी योजनाको स्थलगत अनुगमन,योजनाबाट ३ सय २६ घर लाभान्वित
  • भ्रष्टाचार न्युनिकरण गर्न आ–आफ्नो आचरण सुधार गरौँ : जि.स.स प्रमुख नेपाल
  • ज्यान मार्ने उद्योगका फरार प्रतिवादी तामाङ २० वर्ष पछि पक्राउ
  • संघियताले सबै जातजात्तिको अधिकार स्थापित गर्छ: भक्ति प्रसाद लामिछाने
  • जरेबगैँचाका महिलाहरुलाई नेतृत्व विकास तालीम, सिकेको ज्ञान सीप व्यवहारमा उतार्ने प्रतिबद्धता
  • हाडनाताकरणी मुद्दाका फरार प्रतिवादी २२ वर्ष पछी पक्राउ
  • जन्म उत्सवमा बालबालिकालाई स्टेशनरी सहयोग
  • लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत छेवाङमा सचेतनामूलक कार्यक्रम
  • गजुरीमा खानेपानी उपभोक्ता समितिलाई खानेपानी सुरक्षा योजना तालिम
  • मानसिक रोगको औषधी उपचारको लागी नीलकण्ठ नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • १२ बर्षिय करिनालाई ५० हजार हस्तान्तरण गर्दै सिलवालले भन्नुभयो,“जनताको दुख देखेर त्यतीकै बस्नै सकिन”


    धादिङ १ मंसीर ।
    जनताको दुख हेरेर आफु त्यतीकै बस्न नसक्ने सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनु भएको छ ।नीलकण्ठ नगरपालिका वडा नम्बर १२ आंगेटारकी करिना थापा मगरको परिवारलाई नगद ५० हजार हस्तान्तरण उहाँले आफु जनताको सेवक भएको बताउनु भएको छ । बुबाको आत्महत्या र आमा लक्ष्मी थापा मगर पारालाईसीस भएर थला परेपछि विचल्लीमा परेका १२ बर्षिय करिनाका परिवारलाई आईतबार घरमै गएर गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले नगद ५० हजार प्रदान गर्नुभएको हो।


    जनताको सेवा गर्नको लागि आफुहरुले राजनीति गरेको भन्दै जनताको दुख हेरेर आफुहरु बस्न नसकेको बताउनुभयो ।विकास जनताको लागि गर्ने भन्दै उहाँले जनताहरु सुखी र खुसी भएको आफुहरुले हेर्न चाहेको बताउनुभयो । छिमेकी नगरपालिकामा भएको यस्तो घट्नाले आफ्नो मन दुखेको भन्दै गाउँपालिले निर्णयनै गरेर नगद हस्तान्तरण गरीएको बताउनुभयो । धादिङका १३ वटै स्थानिय तहले सहयोग गरेर घर बनाउनको लागि सहयोग गर्न सकिने भन्दै उहाँले सहयोग गर्नको लागि आग्रह गर्नुभएको छ ।


    घरमा कमाउने बुबाको मृत्यु र आमा ३३ बर्षिय लक्ष्मी थापामगर प्यारालाईसीस भएर थलापरेपछि ३ बालबालिकाहरुको बिचल्ली भएको छ ।३३ बर्षिय लक्ष्मी थापा मगरको उपचार गराउदा गराउदै पैसा सकिएपछि श्रीमान याम बहादुर एक साता अघि पासो लगाएर आत्महत्या गरेका थिए । ढाड भाँचिएर बसेकी श्रीमतीको उपचारको लागि घरखेत नै बेच्दा पनि उपचार नभएको र कान्छि छोरीलाई निको नहुने गम्भिर प्रकारको रोग लागेपछि याम बहादुरले केहि समय देखी डिप्रेसनको औषधी खादै आएका थिए। बुबाको मृत्यु र आमा लक्ष्मी थापा मगर थला परेपछि १२ बर्षिय करिना थापामगर सहित ७ बर्षिय सोममायाँ थापा मगर र १० बर्षिय काजि थापा मगर भोकभोकै विद्यालय जान बाध्य भएका थिए ।घरमा अन्य मानिस नभएपछि १२ बर्षिय करिना थापा मगरले एक बहिनी, भाई र थला परेकी आमाको स्याहार गर्दै आउनु भएको छ ।