प्रमुख समाचार
  • गंगाजमुना गाउँपालिकाको ऐन,कानुन,कार्यबिधि र निर्देशिका राजपत्रमा प्रकाशन
  • हामी जनताको सेवक हौं,जनताको भलो चाहन्छौं ।
  • कस्तो बन्दैछ धादिङको सिद्धलेक ? (फोटो फिचर)
  • डिभिजन वन कार्यालय धादिङको सूचना
  • धादिङ महोत्सवको अन्तिम दिन आज लाइभ कन्सर्ट हुने
  • गजुरीको स्यामैडाडा खानेपानी योजनाको स्थलगत अनुगमन,योजनाबाट ३ सय २६ घर लाभान्वित
  • भ्रष्टाचार न्युनिकरण गर्न आ–आफ्नो आचरण सुधार गरौँ : जि.स.स प्रमुख नेपाल
  • ज्यान मार्ने उद्योगका फरार प्रतिवादी तामाङ २० वर्ष पछि पक्राउ
  • संघियताले सबै जातजात्तिको अधिकार स्थापित गर्छ: भक्ति प्रसाद लामिछाने
  • जरेबगैँचाका महिलाहरुलाई नेतृत्व विकास तालीम, सिकेको ज्ञान सीप व्यवहारमा उतार्ने प्रतिबद्धता
  • हाडनाताकरणी मुद्दाका फरार प्रतिवादी २२ वर्ष पछी पक्राउ
  • जन्म उत्सवमा बालबालिकालाई स्टेशनरी सहयोग
  • लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत छेवाङमा सचेतनामूलक कार्यक्रम
  • गजुरीमा खानेपानी उपभोक्ता समितिलाई खानेपानी सुरक्षा योजना तालिम
  • मानसिक रोगको औषधी उपचारको लागी नीलकण्ठ नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात


    धादिङ, ०३ मंसिर ।
    जिल्ला कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात हुन थालेको छ । कैदिबन्दिले तयार गरेर स्टोरमा थन्किएको मुढा कात्तिक अन्तिम सातादेखी चाइना निर्यात हुन थालेको हो । मुढा निर्यात बन्द भएपछि कैदी बन्दीहरुले बनाएको मुढा स्टोरमै थन्किएको थियो । लामो समय देखि चिनतर्फ निर्यात हुन छाडको बाँसका मुढा जिल्ला कारागार धादिङबाट पुनः केरुङ्ग नाका हुँदै निर्यात हुन थालको जिल्ला कारागार धादिङका जेलर गंगालाल योगीले बताउनु भएको छ । लामो समय देखि बन्द भएको मुढा निर्यात हुन थालेपछि धादिङका कैदी बन्दिहरु खुसी भएका छन् । बजारको अभाव तथा व्यवस्थापनका कारण जिल्ला कारागार धादिङमा थन्किएको लाखौं बाँसका मुढा बिक्री भएता पनि मुल्यमा भने गिरावट आएको उनिहरुको भनाई भनाई छ । केहि वर्ष पहिले जिल्ला कारागार धादिङमा रहेका कैदी बन्दीहरुले बनाएको बाँसका मुढा बार्षिक एक करोड मुल्य बराबरमा चिनका बजारमा निर्यात हुँदै आएकोमा केहि समय यता बन्द भएको हो ।

    मुढा निर्यात हुन थाले पछि मासिक १० देखी १५ लाखको विक्रि हुने आसामा उनिहरु छन् । अहिले स्थानीय बजारमा मुढा त्यति खपत नहुने र बिदेश तिर समेत जान छाडेको उनीहरु बताउँछन् । पहिले मुढाको साइज अनुसार प्रति गोटा ३ सय ५० सम्म विक्रि हुने गरेकोमा अहिले दुई सय ८० सम्ममा मात्र बिक्री गर्न आफुहरु बाध्य भएको कैदी बन्दीहरुको भनाई छ । ३ बर्ष अघि ३ सय ५० देखि ४ सय सम्म बिक्री हुने गरेको मुढा अहिले मुल्यमा गिरावट आए पछि दुई सय ५० देखी ८० सम्मामा बिक्री हुन थालेको हो ।

    स्थानीय बजारमा विक्रि नहुने भएकोले गर्दा ब्यपारीले तोकेको मुल्यमा नै मुढा विक्रि गर्नु पर्ने बाध्यता रहेको उनिहरुको भनाई छ । मुल्यमा गिरावट आएसँगै अहिले मुढा बनाउन प्रयोग हुने कच्चा सामान किनेर ल्याएको मुल्य समेत नउठेकोे कैदी बन्दिहरुको गुनासो रहेको छ । तर केरुङ्गको नाकाबाट अहिले धादिङको जिल्ला कारागरबाट मात्रै चिनतर्फ १५ दिनमा एक ट्रक मुढा निर्यात भएपछि भने आफूहरुमा आसा थपिएको उनीहरु बताउछन् । जिल्ला कारागार धादिङमा बाँसबाट डायीनिङ्ग टेवल, मुडा लगायतका सामानहरु अडर अनुसार बनाउने गरिन्छ । लाखौ बराबर मूल्य पर्ने मुढा चाईना निर्यात सुरु भएपनि कैदिबन्दिले उचित मूल्य भने पाएका छैनन् ।