प्रमुख समाचार
  • गंगाजमुना गाउँपालिकाको ऐन,कानुन,कार्यबिधि र निर्देशिका राजपत्रमा प्रकाशन
  • हामी जनताको सेवक हौं,जनताको भलो चाहन्छौं ।
  • कस्तो बन्दैछ धादिङको सिद्धलेक ? (फोटो फिचर)
  • डिभिजन वन कार्यालय धादिङको सूचना
  • धादिङ महोत्सवको अन्तिम दिन आज लाइभ कन्सर्ट हुने
  • गजुरीको स्यामैडाडा खानेपानी योजनाको स्थलगत अनुगमन,योजनाबाट ३ सय २६ घर लाभान्वित
  • भ्रष्टाचार न्युनिकरण गर्न आ–आफ्नो आचरण सुधार गरौँ : जि.स.स प्रमुख नेपाल
  • ज्यान मार्ने उद्योगका फरार प्रतिवादी तामाङ २० वर्ष पछि पक्राउ
  • संघियताले सबै जातजात्तिको अधिकार स्थापित गर्छ: भक्ति प्रसाद लामिछाने
  • जरेबगैँचाका महिलाहरुलाई नेतृत्व विकास तालीम, सिकेको ज्ञान सीप व्यवहारमा उतार्ने प्रतिबद्धता
  • हाडनाताकरणी मुद्दाका फरार प्रतिवादी २२ वर्ष पछी पक्राउ
  • जन्म उत्सवमा बालबालिकालाई स्टेशनरी सहयोग
  • लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत छेवाङमा सचेतनामूलक कार्यक्रम
  • गजुरीमा खानेपानी उपभोक्ता समितिलाई खानेपानी सुरक्षा योजना तालिम
  • मानसिक रोगको औषधी उपचारको लागी नीलकण्ठ नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल


    धादिङ, ०२ मंसिर ।
    कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल थालिने प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले बताउनुभएको छ । कैदीबन्दीको अनुपातमा धादिङ कारागारको अवस्था साँघुरो भएकाले व्यवस्थित गर्न पहल गरीने जम्कट्टेलले बताउनुभयो । आईतबार जिल्ला कारागार धादिङको निरीक्षण गर्दै जम्कट्टेलले सो कुरा बताउनुभएको हो । निरीक्षणका क्रममा कारागार धादिङमा बन्दै गरेको प्रशासनिक भवन, महिला कैदी बन्दी गृह निर्माण कार्यमा केही ढिलाइ भएकाले सम्बन्धित ठेकेदारलाई निर्माण सम्पन्न गर्न निर्देशन दिने बताउनु भएको छ । यसैगरी जेलभित्र रहेका कैदी बन्दीका बालबालिकाहरुलाई प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर पठन पाठनको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
    ३ नं प्रदेशको प्रदेश सभा, प्रदेश मामिला समितिका पदाधिकारीले कारागार कार्यालय धादिङको निरीक्षण गरेका छन् । कारागारको अवस्था, कारागारमा बस्दै आएका कैदीबन्दीको अवस्थालगायतको बारेमा बुझ्न समितिका पदाधिकारीले निरीक्षण गरेका हुन् । निरीक्षणको क्रममा निमित्त कारागार प्रमुख रामदत्त चौलागाईले कैदी बन्दी राख्ने भवनको अरुण खोला साइडमा पहिरो जाने अबस्था रहेकोले सो ठाउँमा ठूला वालहरु लगाउनु पर्ने, कैदी बन्दीहरुको जटिल स्वास्थ्य उपचारको लागि जिल्ला बाहिर लानुपर्दा सवारी साधनको अभाव भएको र जेलभित्र भएका बालबालिकाहरुको पठन पाठनको व्यवस्था गर्न नसकिएको जस्ता गुनासो राख्नु भएको थियो । जिल्ला कारागार धादिङमा अहिले जवरजस्ती करणीका ७४ जना, कर्तब्य ज्यानमा ७२, चोरीका २७, लागुऔषधका २३, सवारी ज्यानका २१, बहुविबाहका १६ र विदेशी १५ गरी २ सय ८ जना कैदी बन्दीहरु रहेका छन् । जसमा १२ जना महिला २ सय ८६ जना परुषका साथै ५ जना बालबालिकाहरु समेत रहेका छन् ।