प्रमुख समाचार
  • गंगाजमुना गाउँपालिकाको ऐन,कानुन,कार्यबिधि र निर्देशिका राजपत्रमा प्रकाशन
  • हामी जनताको सेवक हौं,जनताको भलो चाहन्छौं ।
  • कस्तो बन्दैछ धादिङको सिद्धलेक ? (फोटो फिचर)
  • डिभिजन वन कार्यालय धादिङको सूचना
  • धादिङ महोत्सवको अन्तिम दिन आज लाइभ कन्सर्ट हुने
  • गजुरीको स्यामैडाडा खानेपानी योजनाको स्थलगत अनुगमन,योजनाबाट ३ सय २६ घर लाभान्वित
  • भ्रष्टाचार न्युनिकरण गर्न आ–आफ्नो आचरण सुधार गरौँ : जि.स.स प्रमुख नेपाल
  • ज्यान मार्ने उद्योगका फरार प्रतिवादी तामाङ २० वर्ष पछि पक्राउ
  • संघियताले सबै जातजात्तिको अधिकार स्थापित गर्छ: भक्ति प्रसाद लामिछाने
  • जरेबगैँचाका महिलाहरुलाई नेतृत्व विकास तालीम, सिकेको ज्ञान सीप व्यवहारमा उतार्ने प्रतिबद्धता
  • हाडनाताकरणी मुद्दाका फरार प्रतिवादी २२ वर्ष पछी पक्राउ
  • जन्म उत्सवमा बालबालिकालाई स्टेशनरी सहयोग
  • लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत छेवाङमा सचेतनामूलक कार्यक्रम
  • गजुरीमा खानेपानी उपभोक्ता समितिलाई खानेपानी सुरक्षा योजना तालिम
  • मानसिक रोगको औषधी उपचारको लागी नीलकण्ठ नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम


    धादिङ, ०४ मंसिर ।
    अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा बालवालिका विरुद्धका कसुर र न्यायिक उपचार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बुधबार नीलकण्ठ नगरपालिका वडा नं.३ मा रहेको गणेश हिमाल क्याम्पसमा धादिङ जिल्ला अदालत, जिल्ला सरकारी वकील कार्यालय धादिङ र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा सहभागिहरुले बालवालिका विरुद्धका अपराधमा विरुद्धमा प्रहरीको भुमिका र जिल्ला वकील कार्यालयले घटनाको अभियोजना र अदालतले न्याय सम्पादनमा खेल्ने भुकिकाको वारेमा आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी, शिक्षक, कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी लगाएत संचारकर्मीहरुको सहभागिता रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायक उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो
    जिल्ला न्यायाधिश देवेन्द्र पौडेल, जिल्ला न्यायाधिवक्ता वालकृष्ण वाग्ले, प्रहरी नायक उपरीक्षक रुपक खड्का, धादिङ वार एसोयसियनका अध्यक्ष रामकृष्ण अधिकारीले कार्यक्रममा सहभागिहरुले उठाएका प्रश्नहरुको संवोधन गर्नुभएको थियो ।