प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • भारतले जारी गरेको नक्साप्रति नेत्रावती डबजोङ गाउँपालिका वडा नं.३ को बिरोध


    धादिङ, २२ कात्तिक।
    नेत्रावती डबजोङ गाउँपालिका वडा नं.३ ले भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा देखाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गरी नेत्रावती डबजोङ गाउँपालिकामा वडा नं.३ वडाध्यक्ष विजय तामाङ पाख्रिनले भारत सरकारको सो कार्यबाट नेपालीहरू स्तव्ध भएको बताउनुभएको छ ।
    विज्ञप्तिमा नेपालको सिमाना सुगौली सन्धिले नै निर्धारण गरि सकेकोले उक्त सिमानालाई हस्तक्षेप गर्न कसैलाई पनि अधिकार छैन । नेपालको सिमाना महाकाली नदी बाट निर्धारण भई पूर्वका नापी गुन्जी लिपुलेक लगायत भू–भाग नेपाली भू–भाग रहेको हुँदा एैतिहासिक काल देखीको तथ्याङ्कहरुको बारेमा प्रस्तुत गर्न भनिएको छ । त्यस्तै भारत सरकारसँग अविलम्बन बार्ता गर्न वा कुटनितिक तवरले समस्याको समाधान गर्दै नेपालको सार्वभौमिकता र भौगोलीक अखण्डताको रक्षा गर्न हामी स्थानीय वडा देखी केन्द्रिय तहसम्मको सम्बन्धित निकाय वा नेपाल सरकारलाई जोडदार आग्रह तथा ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।