प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • लैङगिक हिंसा नियन्त्रण जिल्ला संजाल समितको ९ औँ मासिक बैठक सम्पन्न


    धादिङ, २२ कात्तिक ।
    धादिङमा लैङगिक हिंसा नियन्त्रण जिल्ला संजाल समितको ९ औँ मासिक बैठक सम्पन्न भएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङ र लैंङ्गिक हिंसा नियन्त्रण जिल्ला संजाल समिति धादिङको संयुक्त आयोजनामा लैङगिक हिंसा नियन्त्रण जिल्ला संजाल समितको ९ औँ मासिक बैठक सम्पन्न भएको हो ।मासिक कार्ययोजना अनुसार जिल्ला प्रहरी कार्यालय धादिङको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको हलमा सम्पन्न भएको बैठकमा विगत एक महिनामा गरिएको कार्यक्रमको समिक्षागत छलफल तथा अन्तरक्रिया गर्दै उपस्थिती पदाधिकारीहरुद्वारा आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । सोही कार्यक्रम आउदो मंसिर महिनाको कार्यक्रम तालिका समेत तय गरी कार्यक्रम संचालन गर्ने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख उपरिक्षक राजकुमार बैदवारको संयोजकत्वमा सम्पन्न बैठकमा निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माको प्रमुख आतिथ्य रहेको थियो । जिल्ला समन्वय समिती धादिङका उप–प्रमुख विन्दा बरामु, नीलकण्ठ नगरपालिकाका उप–मेयर मनराज भण्डारी बिशेष आतिथ्य रहेको कार्यक्रममा नेपाली सेना तथा सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर धादिङवेशी सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, धादिङ उधोग वाणिज्य संघमा अध्यक्ष रुद्र बहादु खत्री,मानवअधिकारकर्मी,महिलाअधिकारीकर्मी,लैङ्गिक हिंसा नियन्त्रण जिल्ला संजाल समितका पदाधिकारी, विभिन्न संघ–सस्थामा प्रतिनिधीहरु,संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।