प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • भोलि हुने गंगाजमुना माई मेलाको सम्पूर्ण तयारी पुरा(यस्तो रहेको छ धार्मिक विश्वास)


    धादिङ, २० कात्तिक।
    भोलि अर्थात २१ गते बिहिबार हुने धादिङकै प्रख्यात धार्मिक स्थल गंगाजमुना माई मेलाको सम्पूर्ण तयारी सकिएको छ । गंगाजमुना माई मेलाको मुल आयोजक समितिका संयोजक भक्त बहादुर लामिछानेले मेलाको सम्पूर्ण तयारी सकिएकोे जानकारी दिनुभएको हो। लामिछानेले राष्ट्रिय धार्मिक स्थलको रुपमा चिनिने गंगाजमुना माईको मेला भव्य र सभ्य हुने बताउँदै देशभित्र र बाहिरका सबै भक्तजनहरुलाई आमन्त्रणा गर्नुभएको छ । पर्यटन वर्ष–२०२० लाई लक्षित गरी गंगाजमुना गाउँपालिकाको आयोजनामा भव्यताका साथ मनाउने तयारी गरिरहेको मेलाका संयोजक लामिछानेले बताउनुभयो । गंगाजमुना माईको दर्शन गरे पश्चात् आफ्नो मनोकांक्षाहरु सबै पुरा हुने विश्वासले धेरै भक्तजनहरु मेलाामा आउने गरेका छन् । नेपाल अधिराज्य भरि लाग्ने मेला मध्ये गंगाजमुना मेला एक महत्वपुर्ण धार्मिक मेला भएको र मेलामा ६०/७० हजार भन्दा बढि जनसमुदायहरु आउने गरेको लामिछानेले बताउनुभयो । मेला भर्न धादिङ जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा तनहुँ कास्की, काठमाडौंबाट भक्तजनहरुको घुइचो लाग्ने गर्दछ ।
    मेला लाग्ने स्थानमा जानको लागि धादिङबेशी बाट बसमा जादा साढे पाँच घण्टा सम्मको दुरी रहेको छ । केहि समय अघि उत्तल स्थानमा सवारी साधन आवात जावात गर्ने बाटोहरु नहुदा समस्यामा परेकोले अहिले सवारी आवात जावातमा कुनै समस्या नहुने लामिछानेले बताउनुभयो ।
    मेलामा प्रमुख अतिथीको रुपमा धादिङको निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य खेम प्रसाद लोहनी आउनुहुने भएको छ । त्यस्तै मेलामा प्रदेश सांसद जगत सिंखडा, पूर्व संविधान सभा सदस्य गुरु प्रसाद वुर्लाकोटी लगाएतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने गंगाजमुना माई मेलाको मुल आयोजक समितिले जानकारी दिएको छ ।
    यस्तो रहेको छ, गंगाजमुना माई मेलाको धार्मिक बिश्वास
    गंगाजमुनाको दर्शन गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ । गंगा जमुना झरनासँगै रहेको कुकुर धारोमा गएर नुहाउनेहरुको पनि भीड हुने गर्दछ । विशेष गरी वर्षभरी कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि भन्दै कुकुरधारोमा गएर नुहाउने प्रचलन रहेको छ । भक्तजनहरुले गंगा–जमुना कुण्डमा नुहाउँदा रोगब्याधी निको हुने र परिवारमा सुखशान्ति र समृद्धि छाउने धार्मिक बिश्वास रहि आएको छ । ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरनामा गएर नुहाउने तथा मनले चिताएको पुरा होस् भनेर आर्शिवाद माग्ने किम्बद्धन्ती रहि आएको छ ।