प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • फुलखर्कमा तीन दिने आँखा शिविर सुरु, पहिलो दिन आज १ सय ७० जनाले सेवा लिए


    धादिङ, २२ कात्तिक।
    गंगाजमुना गाउँपालिकाको फुलखर्कमा तीन दिने आँखा शिविर सुरु भएको छ । धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ५ स्थित फुलखर्क स्वास्थ्य चौकीमा शुक्रबार देखी तीन दिने आँखा शिविर सुरु भएको हो । फुलखर्क कल्याणकारी समाजको आयोजना,नेपाल रेडक्रस सोसाईटी फुलखर्क उपशाखा र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको काठमाण्डौँको प्राविधिक सहयोगमा सुरु भएको शिबिरको पहिलो दिन आज १ सय ७० जनाले आँखा जाँच गराएका छन् । शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौँका डाक्टर कल्याण ढुङ्गाना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौँका निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर कमल बहादुर खड्काले नागरीकहरुलाई सेवा दिनुभएको नीलकण्ठ एफ.एमका संवाददाता दामोदर भट्टले जानकारी दिनुभयो ।
    आज आँखाजाँच गराएका १ सय ७० जना मध्ये १५ जनामा भने मोतिया बिन्दुको समस्या देखिएको छ । उनीहरुको आजनै अप्रेशन गरिएको गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिनुभयो । शिबिरमा अप्रेसन गरिएका विरामीलाई कालो चस्मा र खानाको लागी जाउलो निशुल्क वितरण गरिएको अधिकारीले बताउनुभयो । पर्सि आईतबार समापन हुने शिविरमा गाउँपालिकाभरिका सम्पूर्ण नागरीकहरुले सेवा लिन सक्ने पनि आयोजकले जानकारी दिएको छ ।