प्रमुख समाचार
  • गंगाजमुना गाउँपालिकाको ऐन,कानुन,कार्यबिधि र निर्देशिका राजपत्रमा प्रकाशन
  • हामी जनताको सेवक हौं,जनताको भलो चाहन्छौं ।
  • कस्तो बन्दैछ धादिङको सिद्धलेक ? (फोटो फिचर)
  • डिभिजन वन कार्यालय धादिङको सूचना
  • धादिङ महोत्सवको अन्तिम दिन आज लाइभ कन्सर्ट हुने
  • गजुरीको स्यामैडाडा खानेपानी योजनाको स्थलगत अनुगमन,योजनाबाट ३ सय २६ घर लाभान्वित
  • भ्रष्टाचार न्युनिकरण गर्न आ–आफ्नो आचरण सुधार गरौँ : जि.स.स प्रमुख नेपाल
  • ज्यान मार्ने उद्योगका फरार प्रतिवादी तामाङ २० वर्ष पछि पक्राउ
  • संघियताले सबै जातजात्तिको अधिकार स्थापित गर्छ: भक्ति प्रसाद लामिछाने
  • जरेबगैँचाका महिलाहरुलाई नेतृत्व विकास तालीम, सिकेको ज्ञान सीप व्यवहारमा उतार्ने प्रतिबद्धता
  • हाडनाताकरणी मुद्दाका फरार प्रतिवादी २२ वर्ष पछी पक्राउ
  • जन्म उत्सवमा बालबालिकालाई स्टेशनरी सहयोग
  • लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत छेवाङमा सचेतनामूलक कार्यक्रम
  • गजुरीमा खानेपानी उपभोक्ता समितिलाई खानेपानी सुरक्षा योजना तालिम
  • मानसिक रोगको औषधी उपचारको लागी नीलकण्ठ नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)


    धादिङ, ०३ मंसिर
    धादिङमा आर्थिक वर्ष ०७६/०७७ को साउनदेखि कात्तिक सम्म ८७६ पिन्ट रगत सङ्कलन गरिएको नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा धादिङका सदस्य नारायन कुमार श्रेष्ठले बताउनुभएको छ । धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला,पर्व,उत्सव,सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ । विशेष गरि दुर्घटनामा परेका घाईते तथा बिरामीलाई सहजै रुपमा रगत उपलब्ध गराउने उद्धेश्यले जिल्लाका बिभिन स्थानमा वृहत खुल्ला रक्तदान कार्यक्रम संचालन गरिदैँ आएको श्रेष्ठले बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङले आर्थिक वर्ष ०७६/०७७ मा ३ हजार ५ सय पिन्ट रगत सङ्कलन गरी घाइते तथा बिरामीहरुलाई सहज रुपमा उपलब्ध गराउने लक्ष्य रहेको श्रेष्ठले धादिङ सञ्चार प्रा.लि लाई बताउनुभयो।
    आर्थिक वर्ष ०७६/०७७ को साउनदेखि कात्तिक मसान्तसम्म धादिङका बिभिन्न स्थानमा भएका रक्तदान कार्यक्रम ।
    धादिङ सोसियल भोलेन्टियर नेपाल- १९२ पिन्ट
    रोटरी कल्ब अफ धादिङ -११६ पिन्ट
    श्रोत परिचालन साकोस धादिङ – ११५ पिन्ट
    निलकण्ठ महिला साकोस धादिङ – ८५ पिन्ट
    शिव ज्योति महिला साकोस धादिङ – ७३ पिन्ट
    साङग्रिला बिकास बैंक गल्छी धादिङ – ६८ पिन्ट
    नेपाल रेडक्रस सोसाईटी धुषा उप शाखा – ६२ पिन्ट
    शान्वी मोटर पार्टस् धादिङ – ४५ पिन्ट
    नेपाल रेडक्रस सोसाईटी धादिङ र कर्मचारी मिलन केन्द्र धादिङ सयुक्त – ४३ पिन्ट
    नेवा देय् दवू धुनिवेशी नगर पालिका धादिङ – ३९ पिन्ट
    नेपाली काङ्ग्रेस जिल्ला समिति धादिङ – ३८ पिन्ट