प्रमुख समाचार
  • गंगाजमुना गाउँपालिकाको ऐन,कानुन,कार्यबिधि र निर्देशिका राजपत्रमा प्रकाशन
  • हामी जनताको सेवक हौं,जनताको भलो चाहन्छौं ।
  • कस्तो बन्दैछ धादिङको सिद्धलेक ? (फोटो फिचर)
  • डिभिजन वन कार्यालय धादिङको सूचना
  • धादिङ महोत्सवको अन्तिम दिन आज लाइभ कन्सर्ट हुने
  • गजुरीको स्यामैडाडा खानेपानी योजनाको स्थलगत अनुगमन,योजनाबाट ३ सय २६ घर लाभान्वित
  • भ्रष्टाचार न्युनिकरण गर्न आ–आफ्नो आचरण सुधार गरौँ : जि.स.स प्रमुख नेपाल
  • ज्यान मार्ने उद्योगका फरार प्रतिवादी तामाङ २० वर्ष पछि पक्राउ
  • संघियताले सबै जातजात्तिको अधिकार स्थापित गर्छ: भक्ति प्रसाद लामिछाने
  • जरेबगैँचाका महिलाहरुलाई नेतृत्व विकास तालीम, सिकेको ज्ञान सीप व्यवहारमा उतार्ने प्रतिबद्धता
  • हाडनाताकरणी मुद्दाका फरार प्रतिवादी २२ वर्ष पछी पक्राउ
  • जन्म उत्सवमा बालबालिकालाई स्टेशनरी सहयोग
  • लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत छेवाङमा सचेतनामूलक कार्यक्रम
  • गजुरीमा खानेपानी उपभोक्ता समितिलाई खानेपानी सुरक्षा योजना तालिम
  • मानसिक रोगको औषधी उपचारको लागी नीलकण्ठ नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि


    धादिङ,०४ मंसिर ।
    धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ यही मङ्सिर १३ गतेदेखि २३ गतेसम्म धादिङबेशीमा हुने भएको छ । शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्था लिमिटेडको आयोजना तथा नीलकण्ठ नगरपालिकाको संरक्षकमा नीलकण्ठ नगरपालिका ४ स्थित रायटारमा धादिङबेशीमा यही मङ्सिर १३ गतेदेखि २३ गतेसम्म धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ आयोजना हुने भएको छ ।
    मङ्गलबार पत्रकार सम्मेलन मार्फत शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्था लिमिटेडको आयोजनामा महोत्सव हुने जानकारी गराइएको हो । नीलकण्ठ नगरक्षेत्रभित्र उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याउने मूल लक्ष्य लिएको उक्त संस्थाले महोत्सवमा करिब १६ करोड बराबरको कारोबार तथा २ लाख दर्शक भित्र्याउने लक्ष्य लिईएको मेला मूल आयोजक समिति संयोजक कल्पना अधिकारीले बताउनु भयो । जिल्ला होटल संघ धादिङले आयोजना गर्ने भनिएको उक्त महोत्सव जिल्ला होटल संघलाई जिल्ला प्रशासन कार्यालय धादिङले महोत्सवजन्य गतिविधि गर्न रोक लगाएको थियो ।