प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • विदेश जानेलाई सूचना दिन धादिङको जिल्ला प्रशासन कार्यालयमा डिजिटल बोर्ड


    धादिङ २० कार्तिक ।
    जिल्ला प्रशासन कार्यालय धादिङ परिसरभित्र डिजिटल बोर्ड सन्चालनमा आएको छ ।बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउनको लागि विभिन्न जनचेतना मुलक भिडियो शन्देश सहितको डिजिटल बोर्ड सन्चालनमा आएको हो ।नीलकण्ठ नगरपालिका द्धारा सन्चालित सुरक्षित आप्रवासन(सामी)परियोजना अन्तरगत जिल्ला प्रशासन कार्यालय धादिङसँगको समन्वयमा डिजिटल बोर्ड सन्चालनमा ल्याईएको (सामी)कार्याक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो ।

    पासपोर्ट बनाउनको लागि जिल्ला प्रशासन कार्यालय भित्र आएका युवाहरु लाईनमा एकछिन बस्दा पनि वैदेशिक रोजगारको विषयमा जानकारी प्राप्त गरुन भन्ने उदेश्यले सन्चालनमा आएको जिल्ला प्रशासन कार्यालय धादिङका निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले बताउनुभयो ।पासपोर्ट बनाउन आएका युवाहरुलाई लक्षित गरी जिल्लामा पहिलो पटक बैदेशिक रोजगारको विषयको डिजिटल बोर्ड सन्चालनमा आएको हो ।

    उक्त डिजिटल बोर्डमा जिल्ला प्रशासन कार्यालय धादिङबाट प्रवाह हुने सुचना तथा जानकारी,बैदेशिक रोजगारको क्रिया,बैदेशिक रोजगारको चुनौती र जोखीमहरु,वैदेशिक रोजगारको लागि आवश्यक पर्ने कागजपत्र, फ्रि भिषा,फ्रि टिकटको प्रक्रिया,सिपको महत्व र सुरक्षित बैदेशिक रोजगारको विषयमा जानकारी गराईने छ।धादिङमा सुरक्षित आप्रवासन सामी परियोजना स्थानीय सरकार नीलकण्ठ नगरपालिकाले सन्चालन गरेको छ ।सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत सुरक्षित वैदेशिक रोजगारको प्रक्रिया,न्यायमा पहुँच,आप्रवासी स्रोत केन्द्र सन्चालन,मनोपरामर्श सेवा,वित्तिय साक्षरता र न्यायमा पैरवी गर्दै आईरहेको छ ।