धादिङ,२१ माघ।
धादिङको धुनीबेशी नगरपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
गएराति पौने ३ बजे पृथ्वी लोकमार्ग अन्तरगत धुनीबेसी नगरपालिका–९ स्थित बिस किलोमा काठमाडौंबाट खानीखोला तर्फ जाँदै गरेको बा ४ ख ११६२ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
मृत्यु हुनेमा धुनीबेसी–८ भदौरेका ३२ बर्षीय राज कुमार श्रेष्ठ रहेका छन्। यस्तै दुर्घटनामा घाईते भएका सह–चालक काठमाडौंका २० वर्षीय सविन कुँवरलाई उपचारको लागी राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं प्रहरीले जनाएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |