काठमाडौं ,२१ माघ ।
एजेन्सी
चीनमा आजदेखि शीतकालीन ओलम्पिक आजदेखि औपचारिक रुपमा सुरु हुँदैछ।
शीतकालीन ओलम्पिकको २४औं संस्करण चिनियाँ राष्ट्रपति सि जिन फिङले उद्घाटन गर्नेछन्। ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानी प्रधानमन्त्री इमरान खानलगायत विभिन्न देशका राष्ट्र प्रमुखहरु सहभागी हुनेछन्।
भारतले भने कुटनीतिक बहिष्कार गर्ने भएको छ। अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडालगायत केही देशले पनि कुटनीतिक बहिष्कार गर्ने बताइसकेका छन्। कुटनीतिक रुपमा बहिष्कार गरेपनि ती देशले खेलाडी भने पठाएका छन्।
यस पटकको ओलम्पिकमा ९१ देशका झण्डै ३ हजार खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता फेब्रुअरी २० सम्म चल्नेछ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |