धादिङ २१ माघ
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिने तयारी थालेको छ।
परिक्षा सञ्चालनका लागि प्रदेश सचिवको अध्यक्षता एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेको छ। बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माको अनुसार प्रस्तावमाथि मन्त्रालयमा छलफल भइरहेको बताउनुभयो ।
संविधानलेनै विद्यालय तहसम्मको शिक्षा स्थानीय सरकारको मातहतमा राख्ने व्यवस्था गरेकाले अब कक्षा १० को अन्तिम परीक्षा प्रदेश सरकारले गर्नुपर्ने चौतर्फी दबाब बढ्दै आएको छ। अर्को तर्फ शिक्षा ऐनमा एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनको अधिकार बोर्डलाईनै दिइएको हुँदा संशोधन नहुँदासम्म बाधा आएको बताइएको छ।
अध्यक्ष शर्माका अनुसार उक्त बाधा फुकाउन बिहीबार बोर्डले प्रदेश सचिवको अध्यक्षतामा परीक्षा सञ्चलान तथा व्यवस्थापनको जिम्मेवारीसहित समिति बनाएर अघि बढ्ने प्रस्ताव मन्त्रालयमा लगेको हो। नागरिक दैनिबाट
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |