धादिङ,१९ माघ ।
पछिल्लो २४ घण्टामा नेपालमा थपिने कोरोना संक्रमित भन्दा निको हुनेको संङ्ख्या दोब्बर बढि रहेका छन्।
आज देशभर ११ हजार ५८२ नमुना परीक्षण गर्दा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ७ हजार ५५५ संक्रमित डिस्चार्ज भएका छन्।
देशभरका प्रयोगशालाबाट ६ हजार ४९९ जनाको पीसीआर गर्दा २ हजार २०५ र ५ हजार ८३ जनाको एन्टिजेन परिक्षणमा १४ सय ३२ गरी ३ हजार ६३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिनुभयो।
यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ पुगेको छ। मंगलबार ५ हजार ५८३ संक्रमित थपिएका थिए।यो सँगै देशभर संक्रमित हुनेको संख्या १० लाख ९१ हजार ८८८ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ७८ हजार ७२० पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको संक्रमणबाट मृत्यु भएको छ।यो सँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ७६४ पुगेको डा.मिश्राले बताउनुभयो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |