काठमाडौं,१८ माघ ।
एजेन्सी
अमेरिकामा दुई वर्षअघिको चट्याङ्गले अहिलेसम्मकै धेरै क्षेत्रफलमा फैलिएको चट्याङ्गको रेकर्ड बनाएको छ ।
सन् २०२० को अप्रिल २० तारिखमा अमेरिकामा परेको चट्याङ्ग आकासमा सात सय ७० किलोमिटरसम्म फैलिएको र यो नयाँ विश्व कीर्तिमान भएको संयुक्त राष्ट्र सङ्घको विश्व मौसम सङ्गठनलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
यो चट्याङ्ग मिसिसिपी, लुइसियाना र टेक्सासभरि फैलिएको थियो । यसअघि सन् २०१८ मा ब्राजिलको आकासमा सात सय १० किलोमिटरसम्म फैलिएको चट्याङ्गलाई विश्व रेकर्ड मानिएको थियो । यस्तै सन् २०२० मै समयावधिका हिसावले पनि सबैभन्दा लामो चट्याङ्गको रेकर्ड भएको छ ।
सन् २०२० को जुन १८ मा उरुग्वे र उत्तरी अर्जेन्टिनाको बीचमा १७ दशमलव एक सेकेण्ड लामो समयसम्म चट्याङ्ग परेको थियो । पहिले चट्याङ्गका रेकर्ड राख्नको लागि समस्या भए पनि पछिल्ला वर्षहरुमा विकसित भएका प्रविधिले चट्याङ्गको क्षेत्र र समयावधि मापनको लागि निकै सजिलो भएको विश्व मौसम सङ्गठनका प्रतिवेदक र्याण्डल सेर्भेनीले बताउनुभएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |