काठमाडौं, १८ माघ
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ आठ पैसा र बिक्री दर ११९ रुपैयाँ ६८ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ आठ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ११ पैसा र बिक्री दर १६० रुपैयाँ ९२ पैसा छ ।
स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ७४ पैसा र बिक्री दर १२८ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ९७ पैसा र बिक्री दर ८४ रुपैयाँ ३९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ९४ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३१ पैसा र बिक्री दर १० रुपैयाँ ३६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७२ पैसा र बिक्री दर १८ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७४ पैसा र बिक्री दर ३१ रुपैयाँ ९० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ७१ पैसा र बिक्री दर ३२ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ८५ पैसा र बिक्री दर नाै रुपैयाँ ९० पैसा कायम भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |