काठमाडौं, १७ माघ
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २० माघ (बिहीबार) बस्ने भएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधरले बिहान साढे ११ बजेदेखि बैठक सुरु हुने मिटिङको लिंकसहित कार्यसमिति सदस्यहरूलाई सूचना पठाएका छन् ।
बैठक आगामी साधारण सभा केन्द्रित हुनेछ । यसअघि २२ पुसमा एन्फाको कार्यसमिति बैठक बसेको थियो । बैठकमा विविधसहित १९ वटा एजेन्डामाथि छलफल भएको थियो ।
जुन बैठक एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित कार्यसमितिका सात सदस्यले राख्न माग गरेका थिए । बैठक माग गर्नेमा चार सदस्य किरण राई, दिनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा थिए । उनीहरूकै आह्वानमा यसअघि बैठक बसेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |