धादिङ,१६ माघ।
पछिल्लो २४ घण्टामा नेपालमा थपिने कोरोना संक्रमित भन्दा निको हुने बढि रहेका छन्।
आज देशभर १३ हजार १४५ नमुना परीक्षण गर्दा ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ६ हजार ३५९ संक्रमित डिस्चार्ज भएका छन्।
देशभरका प्रयोगशालाबाट ९ हजार ९१० जनाको पीसीआर गर्दा ३ हजार ४९ र ३ हजार २३५ जनाको एन्टिजेन परिक्षणमा ४९१ गरी ३ हजार ५४० जनामा सङ्क्रमण पुष्टि भएको आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.संगिता मिश्राले कोभिड १९ प्रेस बिफ्रिङका क्रममा बताउनुभएको हो।
यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ पुगेको छ। शनिबार ४ हजार ९०४ संक्रमित थपिएका थिए।
यो सँगै देशभर संक्रमित हुनेको संख्या १० लाख ७७ हजार ३६६ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ५४ हजार ७१९ पुगेको छ।यस्तै पछिल्लो चार दिनमा ३२ जनाको संक्रमणबाट मृत्यु भएको डा.मिश्राले बताउनुभयो।
यो सँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ७३५ पुगेको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |