काठमाडौं,१२ माघ
संयुक्त विद्यार्थी संगठनहरुले काठमाडौं विश्वविद्यालयमा गरिरहेको आन्दोलनका कार्यक्रमलाई स्थगित गरेका छन् ।
नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, अखिल छैठौं र अनेवियुले संयुक्त विज्ञप्ति जारी गर्दै हाललाई आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् ।
पुस १० गते काठमाडौं विश्वविद्यालय डिनको कार्यालय र रजिष्ट्रार कार्यालयबाट अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थी कै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होटल शुल्क र अतिरिक्त शुल्क नबुझाए बापत पठन पाठन लगायत सुविधाबाट वञ्चित रहँदै आएका विद्यार्थीहरुलाई निशर्त कक्षामा सहभागी गराउने सहमति भएको भन्दै विद्यार्थी संगठनहरुले आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिएका हुन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |