धादिङ,११ माघ।
पछिल्लो २४ घण्टामा देशभर २५ हजार ९०९ नमुना परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज देशभरका प्रयोगशालाबाट १८ हजार १०३ जनाको पीसीआर गर्दा ९ हजार ४३२ र ७ हजार ८०६ जनाको एन्टिजेन परिक्षणमा २ हजार ५ सय ७६ गरी १२ हजार ८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार १० हजार ३१९ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ४० संक्रमित डिस्चार्ज भएसँगै संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख २७ हजार २६९ पुगेको छ। सक्रिय संक्रमितको संख्या ८८ हजार ९३० पुगेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ८९ दशमलब २ प्रतिशत रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ८ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ६६७ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |