एजेन्सी
किभ, १० माघ
अमेरिकाले युक्रेनस्थित अमेरिकी दूतावासमा रहेका आफ्ना कर्मचारीका परिवारलाई त्यहाँ छोड्न निर्देशन दिएको छ । अमेरिका —युक्रेनबीच अमेरिकी विदेश मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो ।
युक्रेनमा रहेका अन्य अमेरिकी नागरिकहरुलाई पनि देश छोड्ने बारे मनस्थिति बनाउनसमेत विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आग्रह गरिएको छ ।
रसियाले युक्रेनमाथि सैन्य कारबाहीको तयारी गरेको अमेरिकाले दाबी गर्दै आएको छ । तर, रसियाले भने अमेरिकी दाबी अस्वीकार गर्दै आएको छ । एक सातादेखि रसियासँगको सीमामा एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।
रसियाले यसअघि पनि युक्रेनी भूभाग कब्जा गरेको थियो । सन् २०१४ मा युक्रेनको महत्वपूर्ण भाग क्रिमिया रसियमा बिलय भएको थियो । सो घटनापछि युक्रेनमा मस्को समर्थित राष्ट्रपति सत्ताच्युत भएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |