आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अन्तर्गत नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको छ ।
आईसीसीको खेलतालिका अनुसार नेपाल र आयोजक ओमानबीचको फेबु्रअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुने भएको हो । नेपाल समुह २ मा रहेको छ ।
समुह २ मा नेपालसहित ओमान,क्यानाडा र फिलिपिन्स रहेका छन् । नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फ्रेबु्रअरी १९ मा हुनेछ नेपालको तेस्रो खेल भने क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेबु्रअरी २१ मा खेल्ने तालिका रहेको छ ।
समुह १ मा भने युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |