एजेन्सी
लन्डन, ७ माघ
कालो र खैरो रंगको अल्बाट्रोसेस नाम गरेको समुद्री पक्षी पंक्षी शिकारका लागि समुद्रभित्र ६२ फिट (१९ मिटर) सम्म पुग्ने एउटा पछिल्लो अध्ययनले निस्कर्ष निकालेको छ । युनिभर्सिटी अफ अक्सफोर्डका अनुसन्धानकर्ता गरेको एउटा अध्ययनमा यस्तो निस्कर्ष निकालिएको हो ।
यसअघिका अध्ययनले सो चरा २० देखि ३० फिट गहिराईमा पुग्ने बताइएको थियो । समुद्री अल्बाट्रोसको अस्थित्व जोखिममा रहेको विज्ञहरुले बताउँदै आएका छन् ।
अनुसन्धानकर्ताहरुका अनुसार १५ देखि २२ अल्बाट्रोस प्रजाति लोपन्मुख अवस्थामा छन् । पछिल्ला दशकमा यो चराको संख्या पनि ह्वात्तै घटेको छ । ठूला समुद्रामा माछा मार्न राखिएका हुक र अन्य पासोमा परेर अल्बाट्रोसको संख्या घटेको हो ।
यो चरा प्रायः दिउसोको समयमा समुद्रमा हाम फाल्ने गरेको अनुसन्धाकर्ताहरुको भनाई छ । अध्ययनको निस्कर्ष करेन्ट वायोलोजीमा प्रकाशित छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |