काठमाडौं, ७ माघ
इल्चेलाई २-१ अन्तरले पराजित गर्दै रियल म्याड्रिड बिहिवार राति स्पेनिस कोपा डेल रेको क्वाटर फाइनलमा प्रबेश गरेको छ । रियलको जितमा इस्को र हाजार्डले गोल गरे । पराजित इल्चेका लागि गोन्जालो भेर्डुले गोल गरे ।
खेलमा निर्धारित समयमा कुनै गोल हुन सकेन । अतिरिक्त समयको १०३औं मिनेटमा इल्चेले अग्रता बनायो । गोन्जालो भेर्डुले अग्रता बनाए ।
खेलको १०८औं मिनेटमा इस्कोले खेल १-१ को अवस्थामा ल्याए । ११५औं मिनेटमा हाजार्डले गोल गर्दै रियललाई विजयी गराए ।
खेलमा दुबै टोली १० खेलाडीमा समेटिएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |