धादिङ,०६ माघ।
धादिङका थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज जिल्लामा १११ एण्टिजेन परिक्षण गरिएकोमा ज्वालामुखीमा २६, धुनिबेसिमा १४, गजुरीमा ८, बेनिघाट रोराङमा ६, निलकण्ठमा ५, गंगाजमुनामा ५, जिल्ला आयुर्वेद सेन्टरमा ३ र त्रिपुरासुन्दरीमा २ गरि ६९ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। बुधबार ३६ संक्रमित थपिएका थिए।
यस्तै पछिल्लो २४ घण्टामा ५ संक्रमित निको भएका छन्। हाल जिल्लाको सक्रिय संक्रमित ३३० रहेका छन्।संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ६२.१ प्रतिशत पुगेको छ ।
केही दिनयता संक्रमण दर बढ्दै गएको छ ।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार ५ सय २० पुगेको छ। संक्रमित मध्ये ८ हजार १३८ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |