काठमाडौ, ६ माघ
दीर्घकालीन सहायक श्रमिकका रुपमो दोस्रो टोली १५ र १६ माघमा इजरायलय जान जाने भएका छन् ।
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका अनुसार छनौट भएका १ हजार १ सय ७५ मध्ये ९९ सय जना पहिलो चरणमा बुधवार इजरायल प्रस्थान गरे पनि क्रमशः छनौट भएका सबैलाई इजरायल पठाइने छ ।
इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा ६३ महिला र ३६ पुरुष गरी ९९ जना गत बुधबार इजरायल प्रस्थान गरिसकेका छन । दोस्रोे चरणमा दुई हवाई उडानमार्फत जाने श्रमिकको छनौट मन्त्रालयले गरिरहेको छ ।
वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५ सय र मंसिरमा ६ सय ७५ श्रमिकको नामावली छनौट गरी रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । जसअनुसार छनोटमा परेका १ हजार १ सय ७५ मध्ये ८ सय २१ महिला तथा ३ सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरिएको थियो ।
नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते भएको श्रम सम्झौता अनुसार नेपाली श्रमिकलाई रोजगारका लागि इजरायल जाने बाटो खुलेको हो । इजरायल जाने प्रत्येक नेपाली श्रमिकले कम्तिमा २ लाख रुपैयाँ पारिश्रमिक रुपमा पाउने छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |