जनकपुरधाम, ४ माघ
प्रदेश २ को नाम मधेस राखिएकाे विराेधमा प्रदर्शन जनकपुरधाममा प्रदर्शन भएकाे छ । २२ जिल्लामा फैलिएकाे मधेसलाई आठ जिल्लामा सीमित गरेको भन्दै युवाहरूले जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरूको पुत्ला दहन गरेका छन् ।
युवा अभियन्ता सुशील कर्णको अगुवाइमा जानकी चोकमा युवाहरूले आठ जिल्लालाई मधेस प्रदेश मान्दैनौँ, प्रदेशको नाम मिथिला भोजपुरा कायम गर भन्दै पुत्ला जलाएका छन् ।
मधेस आन्दोलनमा आफू पनि अग्रपंक्तिमा रहेको बताउँदै उनले आठ जिल्ला मधेस प्रदेश मान्य नहुने बताए । आठ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले सोही पहिचानको आधारमा प्रदेशको नाम हुनुपर्ने माग गरे ।
यसैबीच, पर्साको वीरगन्जमा प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकिएकोमा सोमबारदेखि नै युवाहरुले विरोधका कार्यक्रम गर्दै आएका छन् ।
प्रदेशकाे नाम मधेस कायम भएकाे खुसियाली मनाउन सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |