काठमाडौं, ४ माघ
एमालेले ६३ जिल्ला अधिवेशन र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको जनाएको छ । मंगलबार एमालेले विज्ञप्ति जारी गरी बाँकी १४ जिल्लामा कोभिड संक्रमण कम भएपछि गर्ने जानकारी दिएको छ ।
एमालेका अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन हुन बाँकी छ।
धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु कोभिङ-१९ महामारीको संक्रमणलाई ध्यानमा राखी तय गरिने एमालेले जनाएको छ ।
विद्यार्थी विशेष र उद्योग-व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पछि आयोजना गर्ने निर्णय भएको छ । एमालेका अनुसार ल्लिा कमिटीसरहका सम्पर्क कमिटीहरुमध्ये मधेस प्रदेशबाहेक ६ वटै प्रदेश कमिटीका अधिवेशन पनि सम्पन्न भएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |