धादिङ,०३ माघ।
चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा पाँच करोड रुपैयाँभन्दा बढीको कन्डम भित्रिएको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा विदेशबाट ५ करोड ३२ लाख रुपैयाँको कन्डम भित्रिएको हो ।
साउनदेखि मंसिर महिनासम्ममा २ करोड ७९ लाख ५ हजार वटा कन्डम भित्रिएको विभागले जनाएको छ । विश्वका सात वटा मुलुकबाट नेपालमा कन्डम आयात हुने गरेको छ । भारत, चीन, कोरिया, मलेसिया, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट कन्डम भित्रिएको भन्सार विभागले जानकारी दिएको छ ।
जसमध्ये सबैभन्दा धेरै भारतबाट मात्रै ४ करोड २८ लाख ७५ हजार रुपैयाँको कन्डम आयात भएको छ । यसपछि कोरियाबाट ३२ लाखको, मलेसियाबाट २८ लाखको, थाइल्याण्डबाट २७ लाखको र चीनबाट १५ लाख रुपैयाँका कन्डम आयात भएको तथ्यांकमा देखिएको छ ।
यसबाहेक, अमेरिका र संयुक्त अरब इमिरेट्सबाट नगन्य मात्रामा मात्रै कन्डम भित्रिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा विदेशबाट नेपालले २४ करोड ३८ लाख रुपैयाँभन्दा बढीको ६० करोड १० लाख वटा कन्डम आयात भएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |