धादिङ,०२ माघ।
धादिङमा फोटो सहितको मतदाता नामावली दर्ता कार्यक्रम जारी रहेको छ।
हालसम्म १७ हजार बढि मतदाता थपिएका छन्।निर्वाचन कार्यालय धादिङले गत मंसिर १७ देखि पुस ८ गतेसम्म जिल्लाका १३ स्थानीय तहका कार्यालयबाट सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रममा धादिङमा ९ हजार ९६९ जना मतदाता थपिएका थिए ।
जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यलयबाट गत मंसिर १७ देखि पुस मसान्तसम्म ७ हजार ३०७ जना मतदाता थपिएका छन्।यो सँगै धादिङमा हालसम्म १७ हजार २७६ मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय धादिङ र जिल्ला प्रशासन कार्यालयबाट जारी फोटो सहितको मतदाता नामावली दर्ता कार्यक्रम निर्वाचनको मिति घोषणा नहुन्जेल सम्म निरन्तर हुने निर्वाचन कार्यालयले जनाएको छ।
नाम दर्ता गर्न छुट भएकाहरुले अनिर्वाय रुपमा सक्कल नेपाली नागरिकता सहित दर्ता गराउन जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले आग्रह गर्नुभएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |