काठमाडौं, २९ पुस
प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज बिहीबार चार खेल हुँदैछन् । टियु मैदानमा दुई खेल हुँदा मुलपानीमा दुई खेल हुनेछ ।
टियु मैदानमा विहान सवा ९ बजे सुरु हुने खेलमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्नेछन् । सोही समय मुलपानीमा त्रिभुवन आर्मी क्लब र प्रदेश १ प्रतिस्पर्धा गर्नेछन् ।
बाँकी दुई खेल दिउँसो १ बजे सुरु हुनेछन् । टियुमा प्रदेश २ र लुम्बिनी प्रदेश आमुने सामुने हुनेछन् भने मुलपानीमा एपीएफ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल ५ माघमा हुनेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |