धादिङ,२८ पुस।
धादिङमा होटल, पसल/व्यवसाय बेलुकी ८ः३० बजेसम्म मात्र खोल्न पाईने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय धादिङले एक सुचना जारी गर्दै कोरोना संक्रमण बढ्दै गएकाले होटल र पसल व्यवसायहरु तोकिएको स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पुरा गरी बिहान ६ बजेदेखी राति ८ः३० बजेसम्म खोल्न अनुरोध गरेको छ।
जिल्ला प्रशासनले जारी गरेको आदेशअनुसार सार्वजनिक गाडीमा चढ्दा मास्क अनिवार्य गरिएको छ । सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको छ ।
घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न प्रशासनले आग्रह गरेको छ ।
राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधि गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न तथा सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी कार्यक्रम गर्न रोक लगाइएको छ ।
अत्यावश्यक तथा नियमित कार्यका लागि स्थानीय प्रशासनको अनुमति लिन भनिएको छ । आदेशमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न तथा बैठक तथा सभा भर्चुअल माध्यमबाट गर्न भनिएको छ ।
आउँदो माघ ७ गतेदेखि सार्वजनिक ठाउँमा कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राखेको हुनुपर्ने उल्लेख छ । माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा अनिवार्य खोप कार्ड लगाएको हुनुपर्ने गरी आदेश जारी भएको छ ।
साथै औषधी लगायतका अतिआवश्यक वस्तुमा कृतिम अभाव सृजना गर्ने, मुल्य वृद्धि गर्ने लुकाउने, सहज आपूर्तिमा अवरोध सृजना गर्नेलाई कानुनअनुुसार कारबाही गर्ने प्रशासनले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
कोरोना सम्बन्धी आदेश प्रभावकारी पालना गराउन सुरक्षा निकायबाट आकस्मिक तथा नियमित अनुगमन गरिने प्रशासनले जनाएको छ । अनुगमनमा अवज्ञा गरेको पाइएमा सङ्क्रामक ऐन, २०२० अनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।
यस्तो छ, जिल्ला प्रशासन कार्यालयबाट जारी आदेश
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |