धादिङ,२७ पौष ।
खानी तथा भूगर्भ विभागले धादिङको तान्द्राङगढी र जुरेथुम सहित देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ। विभागले आठ स्थानको चुनढुंगा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो।
विभागका अनुसार धादिङको तान्द्राङगढी र जुरेथुममा चुनढुंगा उत्खननका लागि अनुमति प्रदान गरिएको छ। तान्द्राङगढीमा सर्वोत्तम सिमेन्ट र जुरेथुमममा शक्ति सिमेन्ट उद्योगलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागका प्रवक्ता जयराज घिमिरेले जानकारी दिए।
यसैगरी, भीमफेदीको मार्बल उत्खननका लागि अरिटेन्ट मिनलर प्रालि, गोरखाको गण्डकी गाउँपालिकाको बालुवा उत्खननका लागि गोरखा रिसोर्सेस प्रालि, सोही गाउँपालिकाको थप दुई स्थानमा बालुवा उत्खननका लागि महर्जन खानी उद्योग प्रालिलाई अनुमति दिइएको उनले बताए।
मकवानपुरस्थित दामनको काउलिङ र बाग्लुङ ओखरबोटको तामा अध्ययनका लागि क्रमशः सिमभञ्याङ प्राइम रिसोर्सेज प्रालि र डोङ्गी मिनरल प्रालि काठमाडौंलाई अनुमति प्रदान गरिएको हो। कुल १३ स्थानको खानी उत्खनन तथा अनुमतिका लागि बोलपत्र आह्वान गरेको विभागले चार वटा स्थानमा निवेदन नपरेको र एक स्थानका लागि आवेदन रद्द भएको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए।
विभागले आठ स्थानको खनिज उत्खनन तथा अनुमति प्रदान गरेबापत ३७ करोड राजस्वसमेत संकलन गरेको छ। यस्तै, विभागले देशका विभिन्न क्षेत्रको भू इञ्जिनियरिङ तथा वातावरणीय अध्ययनको काम समेत गरिरहेको छ।
विभागका अनुसार २०५२ सालदेखि हालसम्म देशभरका विभिन्न २२ शहरको भू इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन सम्पन्न भइसकेको छ। विभागले प्रत्येक वर्ष एक सहरको भू इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन गर्दै आएको छ। चालू आर्थिक वर्षमा विभागले बर्दियाको गुलरियामा भू इञ्जिनियरिङ तथा वातावरणीय अध्ययनको काम सम्पन्न गरेको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |