धादिङ,२३ पुस।
धादिङको नीलकण्ठ नगरपालिका–६ स्थित सुनौलाबजारमा साना किसान कृषी सहकारी संस्थाको १८ औँ १९ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सस्था अध्यक्ष कृष्ण ब श्रेष्ठको सभापतित्वमा भएको साधारण सभामा नेपाल कृषि सहकारी केन्द्रिय संघ अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा नीलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष उद्दव पसाद्र रिजाल,वडा नं ७ का वडाध्यक्ष गौतमहरी अधिकारी, बागमती प्रादेशिक कृषि सहकारी संघ अध्यक्ष डिल्ली प्रसाद पाठक साना किसान बिकास लघु बित्तिय सस्था लि ईलाका कार्यालय गजुरिका प्रबन्धक बिशाल तुलाधर लगाएतको आतिथ्य रहेको थियो।
सभामा आ.व.२०७६/०७७ र २०७७/०७८ मा संस्थाले गरेको प्रगति प्रतिवेदन, भावी योजना लगायतका बारेमा जानकारी गराएका थिए ।सहकारीमा हालमा ११० समुहमा ६२० सदस्य रहेका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |