काठमाडौं, २० पुस
बंगलादेशमा सम्पन्न बि-जी कराते च्यामिपयनसिप-२०२१ मा नेपाल सितेरियो करातेले चार स्वर्ण पदक हात पारेकाे छ । मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बसप संघको आयोजनामा भएको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा डिजेन डोल्मा लामा रहेकी छिन् ।
लामाले कुमिते र कातामा गरी दुई स्वर्ण प्राप्त गरकी छिन् । यस्तै, पासाङ्ग तामाङ्गले ७० केजी तौलको कातामा स्वर्ण हात पारेको टिम व्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी गराए । श्रेष्ठका अनुसार ग्याल्मो सोमिका लामाले पनि स्वर्ण प्राप्त गरेकी छिन् । उनले ३५ केजी तौलको कुमितेतर्फ स्वर्ण प्राप्त गरेकी हुन्।
नेपाली टोलीले दुई रजत र पाँच काँस्य पदक पनि जोडेको छ । पासाङ्ग तामाङले ७० केजीमा र राजदेव बमजन ६५ केजीमा रजत पदक पाएका हुन् । दुवैले कुमितेतर्फ पदक प्राप्त गरेका हुन् । यसैगरी काँस्य पदक प्राप्त गर्नेमा रवीन्द्र कुँवरले खुल्लातर्फ, युरोडिस रोक्का ६० केजी, उमेश भण्डारी ५५ केजी, रविना ४५ केजी तथा उमङ्ग बुढाथोकी १४ बर्षमुनि उमेर समूह रहेका छन् ।
च्याम्पियनसिपमा छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ्ग, नारायण श्रेष्ठ, प्रकाश तामाङ लामा, मिङ्मा तामाङ र गणेशलाल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
बंगलादेश गएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्य पुरेन्द्रविक्रम लाखेले बिदाई गरेका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |