काठमाडौं, १९ फागुन
बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढि क्रसहोल्डिङ भएका लघुवित्त वित्तीय संस्थाहरू अनिवार्य रुपमा मर्जरमा जानुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको १० प्रतिशतभन्दा बढी दोहोरो लगानी भएमा अनिवार्य मर्जरमा जानु निर्देशन दिएको हो ।
यसैगरी बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका संस्थाहरु पनि मर्जरमा जानुपर्ने प्रावधान तोकिएको छ । मर्जरमा जानका लागि असार मसान्तसम्ममा राष्ट्र बैंकमा कार्ययोजना पेस गर्नसमेत निर्देशन दिइएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी भएका लघुवित्त वित्तीय संस्थाहरू २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने व्यवस्था गर्ने घोषणा गरेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |