काठमाडौं, १९ पुस
सातदोबाटो युथ क्लबलाई १-० अन्तरले पराजित गर्दै हिमालयन शेर्पा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा सोमबार भएको एक मात्रै खेलमा शेर्पाका लागि ४४औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले निर्णायक गोल गरे । प्रतियोगितामा शेर्पाको यो लगातार तेस्रो जित हो ।
सातदोबाटोका डिफेन्डर पिटर सेगुनले शेर्पाका त्रिदेव गुरुङलाई बक्सभित्र लडाएपछि गरेपछि पाएको पेनाल्टीलाई विश्वासले सदुपयोग गरे ।
खेलको इन्जुरी समयमा शेर्पाका अमृत श्रेष्ठले मार्टिन नाङ्गालाई बक्स भित्र लडाएपछी पाएको पेनाल्टी मार्टिनलेनै सदुपयोग गर्न सकेनन् । शेर्पाका गोलरक्षक दीप कार्कीले उनको पेनाल्टी बचाएका थिए । औसत प्रदर्शन गरेका दुवै टोलीले गोल गर्ने केहि अवसर बनाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।
जितसँगै शेर्पा सात खेलबाट ११ अंकसहित सातौं चरणको समाप्तिमा तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजित सातदोबाटो समान खेलबाट ८ अंकसहित आठौं स्थानमा झरेको छ ।
यसअघि शेर्पाले च्यासल युथ र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई पराजित गरेको थियो । योसँगै सातौं चरणका खेल सकिएका छन् । साविक विजेता मछिन्द्र फुटबल क्लब सात खेलबाट १७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । Photo : ANFA
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |