काठमाडौं, १९ पुस
सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी गठबन्धनको बैठकमा आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन गरिने भागबन्डामा विषयमा छलफल भइरहेको छ ।
आउँदो १२ माघमा राष्ट्रिय सभाका १९ सदस्यका लागि हुन लागेको निर्वाचनमा गठबन्धनभित्रबाट भागबन्डा मिलाएर उम्मेदवारी दिने तयारी स्वरुप बैठक बसेको हो ।
कांग्रेसले १०, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) चार चार र जनता समाजवादी पार्टीलाई एक सिट दिने गरी भागबन्डा गरिन लागेको चर्चाकामाझ गठबन्धनको बैठक बसेको हो ।
मंगलबार उम्मेदवारी मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका रहेकाले अघिल्लो दिन सोमबार गठबन्धनको बैठक बसेको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |