काठमाडौं, १९ पुस
पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाले भूमिका खेलेका थिए ।
झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए ।
उनी २०७० मा माले समाजवादीका सहअध्यक्ष थिए । त्यतिखेर तत्कालीन एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले झालाई पार्टी प्रवेश गराएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |