धादिङ १८ पुस
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को हटियालाई लायन्स नमुना उद्यमी गाउँ घोषणा गरीएको छ ।
आईतबार नीलकण्ठ नगरपालिकाको मेयर भीम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा लायन्स उद्यमी नमुना गाउँ उद्घाटन गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएको भेयर ढुंगानाले सामाजिक संस्था लायन्सले गरेका सेवा कार्यको प्रशंसा गर्दै हटियालाई नमुना उद्यमी गाउँ बनाउने लायन्सको अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताउनुभयो।
लायन्स क्लव अफ अन्तराष्ट्रिय डिष्ट्रिक ३ सय २५ बी वान नेपालका गर्भनर विशेश्वर आचार्यले हटियाको स्थानीयलाई आत्मनिर्भर बनाउने , आयआर्जन गर्न स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न लायन्सले गर्ने नियमित सेवाका कार्यसंगै नमुना उद्यमी गाउँ बनाउने अभियानमा लागि परेको बताउनुभयो ।
गर्भनर आचार्यले हटियालाई बाखा्रको पकेट क्षेत्र बनाउन बाख्रा पालन गर्ने, मौरी पालन गर्ने, मौरीको लागि फूल खेती गर्ने र रमणीय ठाउँ भएकाले होमस्टे संचालन गर्ने अवधारण लिएको जानकारी दिनुभयो ।
कार्यक्रममा मोडल भिलेज चिफ लायन राजेन्द्र प्रसाद सुबेदीले लायन्सले हरेक वर्ष विभिन्न कार्यक्रमहरु गरिरहेको तर समुदायमा त्यसले सकारात्मक प्रभाव पार्न नसकेको अनुभूति गरेर गाउँको गरिबी निवारण गर्न कृषिमा काम शुरु गरिएको र आन्तरिक पर्यटन वृद्धि गर्ने उद्देश्यले नमूना उद्यमी गाउँ बनाउने योजना ल्याएको बताउनुभयो ।
सुबेदीले लायन्सले चालेको यस कदमले स्थानीय जनतामा उद्यमी बन्नका लागि थप हौसला मिल्ने र सामाजिक संस्थाले पनि गाउँको विकास गर्न सक्छ, आय मूलक, उत्पादन मूलक र पर्यटकीय गाउँ बनाउन सक्छ भन्ने उद्धेश्य लिएको बताउनुभयो । सोही कार्यक्रममा किसानका र महिलालाई उद्यमी बनाउन दुई वटा ट्याक्टर , १ थान धान र कोदो झार्ने मेसिन, हरेक परिवारलाई एक÷एक वटा बाख्रा र दुई वटा कपडा सिलाउने मेसिन वितरण गरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |