काठमाडौं, १८ पुस
इंग्लिस क्लब लिभरपुलका म्यानेजर योर्गन क्लोपले आइतबार हुने चेल्सीविरुद्धको खेल गुमाउने भएका छन् । ५४ वर्षीय क्लोपलाई कोडिभ–१९ पोजिटिभ देखिएपछि लिभरपुलको टच लाईन गुमाउने भएका हुन् ।
क्लोप नहुने भएसँगै टोलीका सहायक प्रशिक्षक पेप लिजन्डर्सले स्टाफोर्ड ब्रिज भ्रमण गर्नेछन् । गत शुक्रबार क्लोपसँगै तीन खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । उनको अवस्था सामान्य रहे पनि आईसोलेसनमा बसिरहेका बीबीसीले जनाएको छ ।
आइतबार राति चेल्सी घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति सवा १० बजे सुरु हुनेछ ।
जारी लिगमा चेल्सी २० खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ भने १९ खेलबाट ४१ अंक बनाएको लिभरपुल तेस्रो स्थानमा छ ।
अघिल्लो दिनमात्र आर्सनलविरुद्ध पुनरागमन जित निकालेको म्यानचेष्टर सिटी २१ खेलबाट ५३ अंकसहित तालिकाको शीर्षस्थानमा रहँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |