धादिङ १८ पुस
नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा प्रकाश सापकोटा निर्वाचित हुनुभएको छ।
नेपाल निजामती कर्मचारी युनियनको आठौँ जिल्ला अधिवेशनबाट प्रकाश सापकोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । पुर्नगठित समितिको खुल्ला उपाध्यक्षमा शिबराज दुवाडी,समावेशी उपाध्यक्षमा सुजन श्रेष्ठ र महिला उपाध्यक्षमा मिश्रा सिलवाल निर्वाचित हुनुभएको छ ।
१५ सदस्यीय कार्यसमितिको सचिवमा भिमसेन श्रेष्ठ,सह–सचिवमा महेन्द्र पोख्रेल र कोषाध्यक्षमा टिकाराम अधिकारी रहनुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको कार्यवाहक अध्यक्ष प्रकाश सापकोटाको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व राज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारी,पुर्व सभापति रमेश धमलाको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनको केन्द्रिय सदस्य कृष्ण बद्री पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |