धादिङ,१६ पुुस।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ८४ को कोरोना परिक्षणमा २३५ संक्रमित थपिदा २१२ संक्रमित डिस्चार्ज भएका छन्।
देशभरका प्रयोगशालाबाट ७ हजार ८८५ जनाको पीसीआर गर्दा २२४ र १ हजार १९९ जनाको एन्टिजेन परिक्षणमा ११ गरी २३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
बिहिबार मात्रै २४१ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २४ हजार ६७३ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ११ हजार ९५८ पुगेको छ।
योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ८७९ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९८ प्रतिशत रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ४ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण एघार हजार ५९४ को मृत्यु भएको मन्त्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |