काठमाडौं, १६ पुस
नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रस्तावमाथि नेता हरिबोल गजुरेलले १९ बुँदे लिखित सुझाव पेस गरेका छन् ।
महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । दुवै प्रस्तावमाथि २५ वटा समूहमा छलफल भएर समूहका नेताले आ–आफ्नो सुझाव र निष्कर्ष प्रस्तुत गरिसकेका छन् । सोही क्रममा नेता गजुरेलले आफ्नो व्यक्तितर्फबाट १९ बुँदे लिखित सुझाव पेस गरेका हुन् ।
आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले शुक्रबार दिने कार्यक्रम छ । गत सोमबारबाट सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |