काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते अर्थात आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
पश्चिम नेपालमा पुसे १५
वर्षकाे सबैभन्दा लामाे रात मानिने १५ पुसलाई पश्चिम नेपालकाे पहाडी जिल्लामा पुसे १५का रुपमा मनाइन्छ । याे पर्वमा एकआपसमा कथा, दन्त्यकथा, गाउँखाने कथा सुन्ने सुनाउने गरिन्छ । यो पर्व डोटेली लोकसंस्कृतिमा ‘पुसे १५’का रूपमा चिनिन्छ ।
१५ पुसकाे रातिको समयमा एक ठाउँमा भेला भएर गरिने आगो तापेर रातभर जाग्राम बस्ने, जाग्राम बसेका बेला विशेष गरी चामलको पिठोबाट बनेको ढुकढुके रोटी, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने प्रचलन छ ।
१५ गते बेलुकी प्रत्येकको घरमा ढुकढुके रोटी पकाइन्छ । टोलटोलमा समेत सामूहिक रूपमा पनि रोटी पकाउने तथा रातभर रोटी खाएर वृद्धवृद्धाबाट लोककथा, गाउँखाने कथा सुन्ने सुनाउने प्रचलन छ ।
पर्वमा विवाहिता छोरीलाई पनि घरमा आमन्त्रण गरिन्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |