काठमाडौं, १४ पुस
एसियन भलिबल कन्फेरेन्स (एभीसी) सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको च्याम्पियन नेपाली राष्ट्रिय महिला भलिबल टोली बिहीबार बिहान सवा ११ बजे नेपाल फर्कने भएको हो ।
बङ्गलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएर लगातार दोस्रो पटक उपाधि भित्राएको हो ।
प्रतियोगितामा आफ्नो पहिलो खेल श्रीलंका र फाइनलमा उज्बेकिस्तानसँग दुई–दुई सेट बाँडे बाहेक नेपाली टोलीले आयोजक बंगलादेश, माल्दिभ्स र किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो ।
प्रतियोगिताको साबिक विजेता नेपालले यसअघि सन् २०१९ मा बंगलादेशमै सम्पन्न प्रतिायोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराएर पहिलो पटक भलिबलमा सबैभन्दा ठुलो उपाधि हात पारेको थियो ।
पुरुषतर्फ तेस्रो स्थानको लागि भएको खेलमा नेपाल उज्बेकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो । पुरुष टोलीसमेत भोलिनै आइपुग्नेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |