काठमाडौं, १४ पुस
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ९१ जना ऋणीलाई पौने १२ अर्ब पुनर्कर्जा स्वीकृत गरेको छ ।
मंसिर मसान्तसम्ममा १५ जना ऋणीलाई दुई अर्ब ४५ करोड ७८ लाख विशेष पुनर्कर्जा र ७६ ऋणीलाई नाै अर्ब ३८ करोड ३६ लाख रुपैयाँ साधारण पुनर्कर्जा स्वीकृत भएको छ ।
ऋणीहरूले विभिन्न २७ बैंक तथा वित्तीय संस्थाबाट पुनर्कर्जा लिएको राष्ट्र बैंंकले जनाएको छ । पुनर्कर्जामध्ये बाग्मती प्रदेशमा ४८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ०.३८ प्रतिशत वितरण भएको छ ।
यसैगरी क्षेत्रगत रूपमा सबैभन्दा बढी पर्यटन क्षेत्रका लागि करिब ५२ प्रतिशत पुनर्कर्जा प्रदान गरिएको छ । यस्तै जलविद्युतका लागि २० प्रतिशत र उत्पादनमूलक साढे १६ प्रतिशत गएको र शिक्षाका लागि ७ प्रतिशत कर्जा वितरण गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
कोभिड-१९ बाट प्रभावित उत्पादनमूलक उद्योगहरूका लागि राष्ट्र बैंकले पुनर्कर्जा दिएको हो । पुनरकर्जाको व्याजदर साधारणको ५ प्रतिशत र विशेषको ३ प्रतिशत रहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |